Logo

अर्थ

निफ्राको ९८ हजार कित्ता सेयर बिक्रीमा



काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले संस्थापक समूहको ९८ हजार कित्ता सेयर बिक्रीमा राखेको छ ।

बैंकले बैंककै अन्य संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको बानेश्वरस्थित निफ्राको रजिष्टर्ड कार्यालयमा रहेको कानुन विभागमा लिखित निवेदन दिनु पर्नेछ ।

यो सेयर बिक्री गर्ने संस्थापक शेयरधनी एनआईसी एशिया बैंक लिमिटेड हो ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार १३:४६   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।