Logo

अर्थ

३३ अंकले घट्याे सेयर बजार, ६ अर्ब १४ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८२ को विन्दुमा कायम भएको छ ।

आज ४० कम्पनीको मूल्य बढेको छ २०४ कम्पनीको मूल्य घटेको छ ।

आज ६ अर्ब १४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.५५ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार १५:१६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।