काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । छापावाल सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन तोलामा १ लाख ५४ हजार २०० रुपैयाँ कायम भएको थियाे ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




















प्रतिक्रिया