Logo

अर्थ

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी जोशी अस्पताल भर्ना



काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।

बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएकाे छ । जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ ।

बिहीबार स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो । सो क्रममा डाक्टर अस्पताल भर्ना गर्नुपर्ने बताएपछि उनलाई भर्ना गरिएको प्रहरी जनाएकाे छ ।

जोशी ६ असोजमा काठमाडौंको शंखमुलबाट पक्राउ परोका थिए । त्यसयता उनी प्रहरी हिरासतमा छन् ।

उनीमाथि पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, सहारा चितवन, वीरगञ्जको सोनोपाइला सहकारी, काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार १२:२८   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।