काठमाडौं । बचतकर्ताको २२ करोड रकम अपचलन गर्ने मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
सहकारीका बचत ठगेको भन्दै २२ करोडको उजुरी परेपछि २६ जनाविरुद्ध मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालय मोरङले जनाएको छ ।
कोइराला उक्त सहकारीको पूर्वसञ्चालक हुन् । २६ जनालाई नै सहकारी ऐन २०७४ को दफा १२२ अनुसार प्रतिवादी बनाएर मुद्दा दायर गरेको जनाइएको छ । २६ जनामध्ये सहकारीका सञ्चालक रोशन राजवंशी पक्राउ परेका छन् भने २५ जना फरार रहेका छन् ।
कार्यालयले मुद्दा दायर गरेकामा सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ, कोषाध्यक्ष शम्भुप्रसाद सिंह रहेका छन् ।
यस्तै सहकारीका सञ्चालक आमोद मण्डल, रोशन राजवंशी जितमान ठाकुर, लेखा समितिका संयोजक विजयकुमार यादव र सदस्यद्वय अशोककुमार विश्वास र सुरेन्द्रकुमार राजवंशी रहको कार्यालयले जनाएको छ ।




















प्रतिक्रिया