Logo

अर्थ

५ वर्ष पुरानो नगद लाभांश बुझिलिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको आग्रह



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले सूचना जारी गर्दै आर्थिक वर्ष २०७५/७६ को नगद लाभांश बुझ्न बाँकी सेयरधनीहरुलाई बुझिलिन आग्रह गरेको हो ।

उक्त वर्ष कम्पनीले कर समेत २२.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आगामी एक महिनाभित्र कम्पनीको केन्द्रिय कार्यालय वानेश्वर, काठमाडौंमा सम्पर्क राखी आफ्नो नगद लाभांश बुझिलिन आग्रह गरेको छ ।

बैंकलेतोकिएको अवधिभित्र भुक्तानी नलिएमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जानकारी समेत कम्पनीले दिएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आईतवार १४:२५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।