Logo

अर्थ

नेपाल हाईड्रो डेभलोपरको लाभांश घोषणा



काठमाडाैं । नेपाल हाईड्रो डेभलोपर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

उक्त बैठकले गत आवसम्मको सञ्चत मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । बैठकले लाभांशको प्रस्ताव पारित गर्न साधारणसभा समेत डाकेको छ । सभा काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा लाभांशको अजेणडा पारित हुनुका साथै बोनस सेयर प्रयोजनका लागि कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने तथा सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने नियमनकारी निकायहरुबाट कुनै थपघट गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आईतवार १५:०३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।