काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ५०० रुपैयाँमा कायम भएकाे छ ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




















प्रतिक्रिया