Logo

अर्थ

मितेरी डेभलपमेन्ट बैंककाे १० प्रतिशत लाभांश घोषणा



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको ४ पुसमा बसेको २५१औं बैठकले आर्थिक वर्ष २०८१ असार मसान्तसमा कायम सेयर पूँजीको ९.५०७९ प्रतिशतका दरले हुन आउने १० करोड ५६ लाख ७३ हजार ४ सय २६ रुपैयाँ बराबर बोनस सेयर र त्यसबापत लाग्ने कर प्रयोजनका लागि ०.५००४ प्रतिशतका दरले हुन आउने ५५ लाख ६१ हजार ७ सय ५९ रुपैयाँ सेयरधनीलाई दिने निर्णय भएको छ ।

सञ्चालक समिति बैठकले बैंकको १९औं वार्षिक साधारणसभा २७ पुसमा गर्ने र १६ देखि २७ पुससम्म सेयर दर्ता किताब बन्द रहने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ५ पुष २०८१, शुक्रबार १४:३७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।