Logo

अर्थ

१३.५३ अंकले घट्याे सेयर बजार, ४ अर्ब ५१ करोडको कारोबार



काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३ को विन्दुमा कायम भएको छ ।

आज ८४ कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ५१ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिभर फल्स पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जानकी फाइनान्सको १२ करोड ९९लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, न्यादी हाइड्रोपावर र बराही हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका हुन् । यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ७ पुष २०८१, आईतवार १५:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।