Logo

अर्थ

सिद्धार्थ बैंककाे नगद लाभांश घोषणा



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको ५ पुसमा बसेको ४४०औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १ सय ८५ को ४ प्रतिशतका दरले हुन आउने ५६ करोड ३५ लाख ९९ हजार २ सय ८ रुपैयाँ बराबर नगद लाभांश कर प्रयोजन सहित घोषणा गरेको हो ।

त्यसैगरी सञ्चालक समितिले १ सय रुपैयाँ अंकित ३ अर्ब ५० करोड बराबरको ‘एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सयेर’ जारी गर्ने निर्णय पनि गरेको छ ।

बैंकका अनुसार अग्राधिकार सेयर जारी भएपछि बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १ सय ८५ बाट १७ अर्ब ५८ करोड ९९ लाख ८० हजार १ सय ८५ पुग्ने छ । बैंकको २३औं वार्षिक साधारणसभा २८ पुसमा तय भएको छ ।

प्रकाशित मिति : ७ पुष २०८१, आईतवार १५:५२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।