काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुन सोमबार तोलाको १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँ थियो ।
त्यसैगरी चाँदीको मूल्य ५ रुपैयाँ बढेर तोलाको १ हजार ७ सय ९५ मा कारोबार भइरहेको छ । आइतबार तोलाको १ हजार ७ सय ९० थियो ।




















प्रतिक्रिया