Logo

अर्थ

हिमालयन डिस्टिलरीकाे लाभांश घाेषणा



काठमाडौं । हिमालय डिस्टिलरी लिमिटेडले २० प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्ता पूँजीको २० प्रतिशतका दरले हुन आउने ५३ करोड ४५ लाख ४ हजार ६ सय ६३ रुपैयाँ बराबर लाभांश घोषणा गरेको हो ।

कम्पनीका अनुसार चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने १३ करोड ३६ लाख २६ हजार १ सय ६५ बराबर नगद लाभांश र १५ प्रतिशतले हुन आउने ४० करोड ८ लाख ७८ हजार ४ सय ९७ बराबर बोनस सेयर वितरण गरिने छ ।

त्यसैगरी चुक्ता पूँजी २ अर्ब ६७ करोड २५ लाख २३ हजार ३ सय १५ बढाएर ३ अर्ब ७ करोड ३४ लाख १ हजार ८ सय १२ रुपैयाँ पुर्‍याउने निर्णय पनि भएको छ । कम्पनीको २४औं वार्षिक साधारणसभा २८ पुसमा हुने र १९ पुस एकदिन सेयरधनी दर्ता किताब बन्द हुने जनाइएको छ ।

प्रकाशित मिति : ८ पुष २०८१, सोमबार १३:२२   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।