काठमाडौं । आज सेयर बजार बढेकाे छ । नेप्से परिसूचक २८.९१ अंकले बढेर २६१२.२० को विन्दुमा कायम भएको छ ।
आज ३२८ कम्पनीको ४ अर्ब ४३ करोडकाे माथिको सेयर कारोबार भएको छ । आज १९४ कम्पनीको मूल्य बढेको छ भने ४२ कम्पनीको घटेको छ । याे दिन ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको १८ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया