Logo

अर्थ

सेयर बजारमा १४ अंकको बृद्धि, ५ अर्ब २० करोडको कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक १४.११ अंकले बढेर २६२६ को विन्दुमा कायम भएको छ ।

आज १६७ कम्पनीको मूल्य बढ्यो भने ७१ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ५ अर्ब २० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको हो । यस कम्पनीको २० करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ९ पुष २०८१, मंगलवार १५:१४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।