काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंकको बुधबारको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।
बैंकले न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, कमजोर तरलता र निष्क्रिय कर्जा ४०.८५ प्रतिशत पुगेको कारण यसलाई समस्याग्रस्त मानिएको हो ।
साथै उक्त संस्था सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन भएको छ ।
समितिमा वित्तीय संस्था सुपरीपेक्षण विभागका उप-निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा छन् ।
समितिले बिहीबारदेखि बैंकको जिम्मेवारी सम्हाल्नेछ र विशेष साधारणसभाको काम, कर्तव्य र अधिकार प्रयोग गर्नेछ । समितिलाई बचतकर्ताको हित र ऋण असुली प्राथमिकताका साथ संस्थामा भएका वित्तीय अपचलनको छानबिन र कानूनी कारबाही अघि बढाउने जिम्मेवारी दिइएको छ ।




















प्रतिक्रिया