Logo

अर्थ

रिलायन्स स्पिनिङ मिल्सलाई ‘सर्वाधिक रोजगारदाता र सर्वाधिक निर्यातकर्ता’ पुरस्कार



काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले फेरि एकपटक सर्वाधिक रोजगारदाता र सर्वाधिक निर्यातकर्ताको पुरस्कार प्राप्त गरेको छ । रिलायन्सलाई नेपाल समुद्रपार निकासी पैठारी संघले उक्त पुरस्कार प्रदान गरेको हो ।

हालै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रिलायन्सलाई संघको उक्त पुरस्कार प्रदान गरेका थिए ।

रिलायन्सले पाएको यो पुरस्कारले उत्कृष्टता, रोजगार सिर्जना, विश्वव्यापी व्यापार लगायत समग्र मुलुकको विकासमा गरेको योगदानलाई उजागर गरेको संघले जनाएको छ ।

रिलायन्स लगायत ठूला उद्योगले सरकारी प्रोत्साहन समयमै नआउने र आईपीओ स्वीकृतिमा अनावश्यक अडचन जस्ता समस्या झेल्नुपरिरहेको अवस्थामा पनि कम्पनीले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको जनाएको छ ।

प्रकाशित मिति : १० पुष २०८१, बुधबार १७:३७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।