Logo

अर्थ

दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही



काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकको बैंक सुपरीवेक्षणकाअनुसार बैंक खाता खोल्दा, सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी नअपनाएकोले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारबाही गरिएको हो ।

यस्तै प्रभु बैंकलाई लकर रोक्का राख्न दिएको निर्देशन पालना नगरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ ।

प्रकाशित मिति : ११ पुष २०८१, बिहीबार १२:१३   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।