Logo

अर्थ

अपि पावरले दार्चुला पावरमा ७३ करोड लगानी गर्ने



काठमाडाैं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनी दार्चुला पावर लिमिटेडमा लगानी गर्ने भएको छ । कम्पनीले उक्त सहायक कम्पनीमा ७३ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

कम्पनीले दार्चुला पावर लिमिटेडले दार्चुला जिल्ला मार्मा गाउँपालिकामा प्रवर्द्धन गरिरहेको २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजना निर्माणको लागि आवश्यक स्वपूँजी १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँको ५१.५८२ प्रतिशतले हुने ७३ करोड रुपैयाँ लगानी गरी सो कम्पनीमा बहुमत सेयर कायम गर्ने निर्णय गरेको छ ।

कम्पनीको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रकाशित मिति : ११ पुष २०८१, बिहीबार १४:०७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।