Logo

प्रमुख समाचार

माधव नेपाललाई संकटमाथि संकट, देउवाको इलाममा शेखरको बमबाडी



जसको सिङ छैन, उसाको नाम तिखे । यो भनाई आँफै सकिंदै गएको उपनिर्वाचनमा माओवादीको जोडबलमा मधेशतिर एउटा वडा मात्र जितेको नेकपा एकीकृत समाजवादीसँग मिल्छ ।

संसदको चुनावमा माओवादीको सहयोगबाट १० सिट हासिल गरेको थियो । कलम पार्टीको कुरा चर्को छ । जुन पार्टीले एक्लै चुनाव लड्दा, एक सिट जित्दैन, जसको जनाधार छैन, उसका कुरा चर्का हुन्छन् भन्ने कुरा नेकपा एकीकृत पार्टीमा छ ।

विचार र सिद्धान्त नै स्थापित नभएको त्यो पार्टीले माओवादीसँग एकता नगरे कार्यकर्ता पुरानै घर फर्कने निश्चित छ । हालै पत्रकार महासंघको चुनावमा समाजवादी प्रेस संगठन नेतृत्वको क्षमताहिनता छर्लङ्ग भएको छ ।

टिकट नपाएर उम्मेदवार बन्न नपाउँदा संगठन नै छाडेका अनुहार त्यहाँ छन् । एकीकृतका सांसद प्रेम आले, कृष्णकुमार श्रेष्ठ, चन्द्रबहादुर थापा जस्ताले पार्टी नै त्याग्ने बाटो खोजेका छन् ।

चुनाव घोषणा भएको खण्डमा एमालेमा फर्कन तयार भएका शेरबहादुर कुँवर र भानुभक्त जोशीहरुलाई एकीकृतले पार्टीको नेतृत्वमा राख्न बाध्य भएको विषय पनि त्यहाँ जोडिन्छ ।

जिल्ला संगठन विस्तार भएको ठाउँमा नगर र गाउँपालिका कमिटी बनेका छैनन् । त्यही पार्टीले विचारको कुरा गर्छ सिद्धान्तको गफ दिन्छ । केन्द्र धाउन नसक्ने नेताहरू गाउँ फर्किदैनन् ।

झलनाथले इलाम २ मा जितबहादुर राईले पाएको मतलाई कसरी लिए, जबकि राईको जमाना जफत भयो । स्थानीय तहको चुनावी परिणामले एकीकृत समाजवादीलाई हौस्याउन पाएन, बरु माओवादी दोस्रो भयो ।

जुन पार्टीलाई सत्ताले घेराबन्दीमा पारेको छ । कुनै दलसँग एकता नगर्ने तर कार्यगत एकता गर्ने त्यो पार्टीसँग सहकार्य गर्दा माओवादीलाई फाइदा हुँदैन एमालेको जबज त्याग्न नसकेको एकीकृत भित्र अध्यक्ष नेपाललाई संकटमाथि संकट थपिएको छ ।

देउवाको इलाममा शेखरको बमबाडी

पार्टीको १५ औं महाधिवशेन आयो, तर केन्द्रीय सदस्य नियुक्ति गर्न बाँकी छन्। विभागहरुले पूर्णता पाएका छैनन् । पार्टीमा वरिष्ठ नेताको पद खाली छ । रामचन्द्रले सुरुमै वरिष्ठ नेता पाए ।

तर, डा. शेखरले १५औं महाधिवेशन हुन एक वर्ष बाँकी छँदा समेत पाएका छैनन् । पार्टीका भेलाहरूमा डाँस शेखरको वरियता नहुँदा जहिले पनि विवाद हुने गर्छ । कांग्रेसमा संस्थापन बलियो हुन्छ, तर विधान मिच्ने अवस्था छैन ।

कांग्रेसमा उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री डा. शेखर गुटका छन्, तर तिनको लेखाजोखा छैन। सरकारका मन्त्री डा. शेखरका कृषि र पर्यटन हुन् ।

खेलकुदमा रामचन्द्र पौडेलको कोटाका हुन् भने वनमन्त्री उपसभापति पूर्णबहादुरका, ऊर्जामन्त्री डाक्टर शशांक, स्वास्थ्यमन्त्री कृष्ण सिटौलाका हुन् ।

नेताको कोटाका मन्त्री नेताकै सेवामा छन् भने सभापतिले समाज कल्याण गृह परराष्ट्र र कानुन लिएका छन् । महाधिवेशन एक वर्षपछि धकेल्न मिल्ने विधानको व्यवस्थामा सभापति नै अग्राधिकार प्राप्त छन् ।

पार्टी सभापतिलाई श्रीमती डा. आरजु राणालाई उपसभापति बनाउने जोड दिएका छन् । महामन्त्री गगन थापालाई नयाँ गुटको खोजी गर्नुछ ।

उनी सभापति देउवासँग जोडिँदा पूर्णबहादुर खड्का बाहेकका डा.प्रकाशशरण महत, एनपी साउद, बालकृष्ण खाँडसम्मले शेरबहादुरलाई छाड्ने स्थिति छैन । सरकारले राम्रो काम गरेन डा. शेखर भन्छन् ।

तर, सभापति भन्छन् राम्रो काम हुँदै । यो सरकारको काममा चर्चामा आएकी डा. आरजुको परराष्ट्र सम्बन्ध, प्रदीप पौडेलको स्वास्थ्य रहेको तामाकोशी सन्देशमा खबर छ ।

काम नगर्ने, स्वार्थ हेर्नेहरुलाई मन्त्री पदबाट हटाउनुपर्छ भन्ने डा.शेखरलाई कोशी प्रदेशबाट सुरु भएको भेला र जमघट पुस ५ मा सुदूरपश्चिम पुगेको छ ।

देवाको आधार इलाकामा डा.शेखरको बमबाडीले कांग्रेसभित्र राम्रै हलचल ल्याउने दाबी गरिँदैछ । उनी सुदूरपश्चिमका सबै जिल्लामा पुग्ने भएका छन् ।

प्रकाशित मिति : १२ पुष २०८१, शुक्रबार ०६:००   :  बजे

807
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।