काठमाडाैं । नेपाल राष्ट्र बैंकले ३ रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गरेको छ । केन्द्रीय बैंकले भाटभटेनी मनी ट्रान्सफर, नमस्ते रेमिट इन्टरनेसनल र मोडर्न रेमिटको लाइसेन्स खारेज गरेको हो ।
यी कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित)को विनियम (१३ को उप-विनियम (५) बमोजिम खारेज गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले रेमिट्यान्स कारोबारको सिलसिलामा यी कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित जानकारी दिन आग्रह समेत गरेको छ ।
तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा देहायमा उल्लेखित रेमिट्यान्स कम्पनीहरूको बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकले जनाएको छ ।




















प्रतिक्रिया