काठमाडौं । नेपाल व्यवस्थापन संघले हरेक वर्ष प्रदान गर्दै आएको ‘म्यानेजर अफ द इयर’ अवार्ड यसवर्ष साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई प्रदान गरेको छ । संघको ४४औं वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनको अवसरमा उक्त अवार्ड सम्मानित गरिएको हो ।
उर्मिला श्रेष्ठले ३७ वर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेसनमा सेवामा रहेर नुन वितरणको राष्ट्रिय जिम्मेवारी पूरा गर्दै व्यापार विविधिकरण मार्फत कम्पनीको वित्तीय दिगोपनामा महत्वपूर्ण योगदान पुर्याएकी छन् । साथै, सामाजिक कल्याणका क्षेत्रमा पनि उनको योगदान अतुलनीय रहेको भन्दै उनलाई यो प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको हो ।
यसैबीच, ‘वुमन म्यानेजर रिकग्निसन अवार्ड’ स्नेहा राजभण्डारीलाई प्रदान गरिएको छ । स्नेहा, बोटलर्स नेपाल लिमीटेडको पब्लिक अफेयर्स, कम्युनिकेसन्स र सस्टेनेबिलिटी डाइरेक्टर हुन् । कर्पोरेट सस्टेनेबिलिटी, नियामकीय मामिला तथा लैंगिक समावेशीकरण र औद्योगिक सहकार्यका क्षेत्रमा गरेको योगदानको कदर गर्दै उनलाई यो सम्मान प्रदान गरिएको हो ।
संघले पूर्वमुख्यसचिव र संघका पूर्वअध्यक्ष डा. विमल कोइरालालाई पनि सम्मानित गरेको छ। डा. कोइराला सार्वजनिक नीति, प्रशासनिक सुधार तथा पैरवीका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।




















प्रतिक्रिया