काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक १०.९८ अंकले घटेर २,६७७ को विन्दुमा कायम भएको छ । आज ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ६ अर्ब ९६ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआरएमको सेयर कारोबार भएको छ । यस कम्पनीको २४ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनी र गार्डियन माइक्रो फाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया