काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ६.५४ अंकले बढेर २,६८३ को विन्दुमा कायम भएको छ । आज १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९८ कम्पनीको मूल्य घटेको छ ।
आज ७ अर्ब २४ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सीएचडीसीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३६ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया