Logo

अर्थ

अलिपे प्लसबाट स्मार्ट क्यूआरमा भुक्तानी गर्न एससीटी र एनसीएचएलबीच सम्झौता



काठमाडौं । अलिपे प्लसबाट स्मार्ट क्यूआरमा भुक्तानी गर्न स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार अलिपेका १.६ बिलियनभन्दा धेरै प्रयोगकर्ताहरूले स्मार्ट क्यूआरमा आबद्ध मर्चेन्टलाई भुक्तानी गर्न पाउनेछन् ।

अलिपे प्लसले चीन, फिलिपिन्स, मलेसिया, साउथ कोरिया, थाइल्यान्ड, इन्डोनेसिया लगायत देशका ई वालेन र मोबाइल बैंकिङ मार्फत अन्तरदेशीय भुक्तानी सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आईतवार १०:५६   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।