काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ । आज सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
आइतबार १ लाख ६७ हजार ५ सय रुपैयाँ प्रतितोला कायम भएको हो । शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँ रहेको थियाे ।
आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ९७० रुपैयाँ कायम भएकोमा आइतबार १ हजार ९५५ रुपैयामा कारोबार भइरहेको छ ।




















प्रतिक्रिया