Logo

अर्थ

धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण



काठमाडाैं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मालिका–५ पञ्चासेका एक अशक्त महिलालाई ह्वीलचेयर प्रदान गरेको छ । संस्थाले शनिबार स्थानिय निशा केसीको घरमा नै पुगेर उक्त ह्वीलचेयर वितरण गरेको हो ।

सो कार्यक्रममा संस्थाका अध्यक्ष श्रृजना थापा, सञ्चालक रेशमलाल सापकोटा, पुर्वसंचालक कृष्णराज शर्मा, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शिबराम जोशी तथा स्थानीय समाजसेवी र बुद्धिजिवीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत जोशीले संस्थाले हाल सदस्यहरूको हितलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक उत्तरदायित्व लगायत अन्य कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताए । संस्थाले यही फागुन १० गते वार्षिक साधारणसभा गर्ने तयारी गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आईतवार १४:१६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।