Logo

अर्थ

सरकारले सहिद मार्गको रकम कटौती गरेकामा वर्षमानको आपत्ति



काठमाडाैं । पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका सांसद वर्षमान पुन अनन्तले सहिद मार्गको घोराही–रोल्पाखण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गरेकामा आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै पुनले उक्त सडकखण्डका लागि छुट्याइएको १ अर्ब २५ करोडमध्ये ६८ करोड रकमान्तर गरिएको बताए ।

‘चालू आर्थिक वर्ष ०८१/८२ मा सहिद मार्गको घोराही–रोल्पाखण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्नका लागि एक अर्ब २५ करोड रुपैयाँको व्यवस्था गरिएको थियो। हालै नयाँ सरकार गठन भएपछि सो रकमबाट ६८ करोड रकमान्तर गरिएको छ। सो खण्डको तुरुन्त ठेक्का लगाउन सरकारको ध्यानाकर्षण गराउँछु,’ पुनले भने, ‘त्यसैगरी दाङ, रोल्पा र रुकुम क्षेत्रका जनताको आवागमन असाध्यै कष्टकर भइरहेको छ। सिमेन्ट कारखानाले सञ्चालन गरेका टिपरका कारण बाटो बिग्रिएको छ।’

 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आईतवार १४:३६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।