Logo

अर्थ

डल्फिन पोलिप्लास्टले पायो नेपाल गुणस्तर प्रमाणपत्र



काठमाडौं । डल्फिन पोलिप्लास्ट इन्डस्ट्रिज प्रालिले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । पीभीसी पाइप उत्पादनमा विशेषज्ञता हासिल गरेको प्रमाणका आधारमा डल्फिनलाई उक्त प्रमाणपत्र प्रदान गरिएको हो ।

डल्फिन पोलिप्लास्टले गुणस्तर, नवीनता र ग्राहक सन्तुष्टिलाई आफ्नो प्रमुख लक्ष्य मानेर काम गर्दै आएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार डल्फिनलाई दिइएको नेपाल गुणस्तर प्रमाणपत्रले उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्ड पालना भएको पुष्टि गर्छ । कम्पनीका प्रमुख उत्पादनमा सीपीभीसी पाइप, सीपीभीसी फिटिङ, यूपीभीसी पाइप, यूपीभीसी फिटिङ, भूमिगत पाइप र बोरवेल पाइप छन् ।

डल्फिन पोलिप्लास्टले स्थापनाकालदेखि नै ग्राहक विश्वास र सन्तुष्टि सुदृढ बनाउन निरन्तर प्रयासरत रहेको जनाएको छ । कम्पनीको कारखाना मोरङ ग्रामथान–२ र रजिस्टर्ड कार्यालय विराटनगर–५ मा छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलवार १२:०२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।