काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना अवधिमा ११ करोड ४५ लाख वटा स्यानिटरी प्याड आयात भएको छ ।
भन्सार विभागका अनुसार प्याड आयात गर्दा ८० करोड ८१ लाख रुपैयाँ विदेशिएको छ । सरकारले यस अवधिमा स्यानिटरी प्याडबाट मात्र १५ करोड २२ लाख रुपैयाँ बराबर राजस्व उठाएको छ ।
यस अवधिमा डाइपर आयातमा भने १ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ विदेशिएको छ । ७ महिनामा ९ करोड ५४ लाख ७२ हजार वटा डाइपर आयात भएको तथ्यांक छ ।




















प्रतिक्रिया