काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ । बिहीबारका लागि मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १९४० रुपैयाँ रहेको चाँदी आज १९४५ रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया