Logo

अर्थ

मौद्रिक समीक्षापछि सेयर बजारमा उत्साह, नेप्से २८०० माथि



काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा उत्साह देखिएको छ । आज सेयर बजार नेप्से परिसूचक ४९.१५ अंकले बढेर २८१५ को विन्दुमा कायम भएको छ । आज १८६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीकाे घटेको छ ।

आज ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ९६ करोड ४७ लाख रुपैयाँको सेयर काराेबार भएको हो ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताहरुले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार १५:१६   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।