Logo

अर्थ

नेप्सेकाे सीईओका लागि आवेदन दिने समय ७ दिन थपियो



काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिने समयावधि ७ दिन थपिएको छ । योसँगै फागुन २५ गतेसम्म आवेदन दिन सकिने गठित सिफारिस समितिले जनाएको छ ।

खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले तोकिएको अवधिमा ३ दिन सार्वजनिक विदा परेकाले समय थपिएको जनाएको छ । योग्यता पुगेका उम्मेदवारले फागुन २५ सम्म आवेदन दिन सक्नेछन् ।

उम्मेदवारहरु अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने छ ।

साथै पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तिमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तिमा १५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ ।

कृष्णबहादुर कार्कीको कार्यकाल सकिएसँगै माघ २५ गतेदेखि नेप्से सीईओविहीन छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आईतवार १०:४०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।