काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि चैत २० गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।
कम्पनीले सर्वसाधारणलाई २०७८ चैत २० गते सेयर बाँडफाँट गरेको थियो । कम्पनीको २ करोड ५० लाख कित्ता संस्थापक सेयर, ३१ लाख २३ हजार २०० कित्ता स्थानीयको सेयर र ९३ हजार ७५० कित्ता कर्मचारीको सेयर लक इन रहेको छ ।




















प्रतिक्रिया