Logo

अर्थ

सेयर बजारमा दोहोरो अंककाे गिरावट, १४ अर्ब २८ करोड माथिको कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार सुरु भएको ४ मिनेटमै २९२९ अंकसम्म पुगेको बजारमा केही उतारचढाव देखियो ।

नेप्से परिसुचक १३.६२ अंकले घटेर २८७६ को विन्दुमा कायम भएको छ । आज ५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको मूल्य घटेको छ ।

आज १४ अर्ब २८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्ब ३८ करोड माथिको सेयर कारोबार भएको हो ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ इनस्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार १५:२०   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।