काठमाडौं । व्यापारी चन्द्र ढकाल नेतृत्वको आइएमई समूह अन्तरगतको ‘आइएमई मोटर्स’को कार्यकारी निर्देशकमा उनका छोरा निशान ढकाल छन् । चन्द्र ढकालका जेठो छोरा भएकै कारण आईएमइ ग्रुपकै बिरासत उनको पोल्टामा छ तर अटोमोबाइल्सकै व्यवस्थापकीय भूमिकामा रहेर पनि यसबारे पूर्ण जानकार नहुँदा उनको कार्यक्षमतामाथि प्रश्न उठ्न थालेको छ ।
ढकालले हालै मात्र एक संचारमाध्यममा आईएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्डका गाडीका बिषयमा दिएको अभिव्यतिले उनको व्यवस्थापकीय कार्यकुसलता र क्षमतामाथि समेत प्रश्न उठेको छ । ढकालले नेपालमा अशोक लेलैण्डका गाडीहरुको पार्ट्स सर्वसुलभ नभएको र निकै महँगो हुने भित्री कारण आँफैले सार्वजनिक गरिदिएका छन् । उनले पार्ट्स महँगो बनाउन लुकाउने र अभाव देखाएर मूल्य बढाउने गरेको स्वीकार गरेका छन् ।
आईएमइ मोटर्सको अशोक लेलैण्डका गाडीहरुमा नियमा विपरित मार्जिन बढी राखेर बिक्री गर्ने गरेको समेत स्वीकार गरेका छन् । तर हरेक कम्पनीको आ-आफ्नो मार्केट स्टार्टेजी हुने भन्दै बजारमूल्य या अन्य कम्पनीको भन्दा अघिक कमिसन नलिएको उनको दावी छ । हाल नेपालमा ६५०० भन्दा बढी गाडी गुडिरेको उनको भनाई छ । नेपालका ग्राहकलाई जतिसुकै राम्रो सेवा दिए पनि जस नपाईने उनले गुनासो गरेका छन् ।
छुटाउनु भयो कि ?
चन्द्र ढकालका छोरा निशानले भने – ‘नेपालका बैंक डुब्छन् भन्ने भनाईमा कहिँ न कहिँ सत्यता छ’




















प्रतिक्रिया