Logo

अर्थ

क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो



काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ आवेदन आज बिहीबारदेखि सर्वसाधारणका लागि खुलेको छ ।

कम्पनीले सर्वसाधारण समूहमा कुल २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेकोमा सोको १० प्रतिशत २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरुका लागि निष्कासन भइसकेको छ ।

कर्मचारी र सामुहिक लगानी कोषहरुलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर आम सर्वसाधारणका लागि खुल्न लागेको हो । अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन हुनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सूचनामार्फत जनाएको छ । फागुन २६ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार ११:०८   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।