काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले हेमोफिलियाका बिरामीले असैह्य पीडा भोगिरहनु परेको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा शुक्रबार बोल्दै सांसद गौतमले हेमोफिलियाका विरामीले निःशुल्क औषधि प्राप्त गर्न नसकेको सुनाइन् ।
उनले भनिन्, ‘पछिल्लो दुई महिनामा हेमोफिलिया रोगीका दुईजना बिरामीको मृत्यू भएको छ। यो समस्या गम्भीर बनेको छ।’ गौतमले संसदमा जानकारी गराउँदै भने, ‘हेमोफिलिया बिरामीलाई नियमित प्रयोग गर्नुपर्ने औषधि नेपालमा उपलब्ध छैन। यी औषधिहरू बाहिरबाट ल्याउनुपर्छ।’
नेपालमा हेमोफिलिया रोगीको संख्या हाल ४,९३७ रहेको जानकारी पनि उनले दिइन् । हेमोफिलिया रोग लागेका व्यक्तिहरूको शरीरमा कुनै पनि भागमा रक्तस्राव हुँदा रोक्न सकिदैन, जसले गर्दा बिरामीलाई अत्यधिक पीडाका साथै थप जटिलताहरुको सामना गर्नुपर्छ। यस रोगका बिरामीलाई नियमित औषधि आवश्यक छ, जुन निःशुल्क औषधिहरूको सूचीमा पर्नेछन्।




















प्रतिक्रिया