काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा अनमोल बैंक्वेट, शंखमुल, काठमाडौंमा आयोजित सभामा कम्पनीका शेयरधनी, सञ्चालक समिति, व्यवस्थापन टोली तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता २०८१ फागुन १५ गतेका लागि बन्द गरिएको थियो। २०८१ फागुन १४ गतेसम्म कायम शेयरधनीहरूले साधारणसभामा भाग लिएका थिए।
सभाले आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन लगायतका वित्तीय प्रतिवेदनहरू पारित गर्यो। साथै, सोही आ.व. को मुनाफाबाट कम्पनीले शेयरधनीहरूलाई ८.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गर्यो, जसअनुसार कुल रु. २१,८७,६३,७७३ नगद लाभांश प्रदान गरिनेछ ।
कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले नविनतम प्रविधिको प्रयोग गरी ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै कम्पनीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित संस्था बनाउन प्रयासरत रहने बताइन् ।
शेयरधनीहरूका तर्फबाट जगन्नाथ आचार्य, उत्तमदत्त पाण्डे, सुदिप श्रेष्ठ लगायतले कम्पनीको प्रगति तथा ८.७५ प्रतिशत नगद लाभांश वितरणप्रति खुशी व्यक्त गरेका थिए ।




















प्रतिक्रिया