Logo

अर्थ

नेप्सेको सिइओमा लुइँटेललाई नियुक्त



सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नारदकुमार लुइँटेललाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई नेप्सेको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। यस पदका लागि १० जनाले आवेदन दिएका थिए । छनोट समितिले पहिलो चरणमा चूडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल, र हेमन्त बस्याल सहित पाँच जनालाई छनोट गरेको थियो । अन्ततः मन्त्रिपरिषद्ले लुइँटेललाई नियुक्त गर्ने निर्णय गर्यो ।

अर्थ मन्त्रालयले तीन साता अघि नै सहसचिव पोखरेलको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो । समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्य खोमराज खरेल रहेका थिए ।

पूर्व सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ मा समाप्त भएपछि यो पद रिक्त थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार २१:१४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।