Logo

खेलकुद

नेपालले अफगानिस्तानलाई दियो १९२ रनको लक्ष्य



काठमाडौं । नेपाली यू-१९ टिमले अफगानिस्तानको यू-१९ टिमलाई १९२ रनको लक्ष्य दिएको छ ।

जारी एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै नेपालले ४४.५ ओभरमा अल आउट हुँदै १९१ रन बनाएको हो ।

नेपालका लागि शाहील पटेलले सर्बाधिक ४६ रन बनाएको हो ।

त्यस्तै निरज कुमार यादवले ४२ रन बनाए भने रोशन विश्वकर्माले २८ रन र नरेन भट्टले २२ रन बनाएका थिए ।

त्यसैगरी अफगानिस्तानका बलर हाफिज जर्दानले ४ विकेट लिए भने अब्दुल अजिज र जैतुल्लाह शाहिनले २-२ विकेट लिएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार १२:५४   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।