Logo

प्रमुख समाचार

लोकतन्त्र शब्दमा होइन, हाम्रो आचरण, सोच र कार्यशैलीमा देखिनुपर्छ : महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्रको विकल्प कुनैपनि प्रकारको अतिवाद हुन नसक्ने बताएका छन् ।

उनले लोकतन्त्र व्यवस्थाअनुरुप अवस्था बदलिन नसक्दा आम असन्तुष्टि बढ्नु स्वभाविक भएको उल्लेख गरेका छन् । तर, लोकतन्त्र शब्दमा नभएर आचरण, सोच र कार्यशैलीमा देखिनुपर्नेमा जोड दिएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा आज शुभकामना दिँदै थापाले यस्तो भनेका हुन् । उनले फेशबुकमा लेखेका छन्– ‘लोकतन्त्र व्यवस्थाअनुरुप अवस्था बदलिन नसक्दा आम असन्तुष्टि स्वभाविक भएपनि यसको विकल्प कुनैप नि प्रकारको अतिवाद हुन सक्दैन ।

लोकतन्त्र शब्दमा होइन, हाम्रो आचरण, सोच र कार्यशैलीमा देखिनुपर्छ । समावेशी, उत्तरदायी र समुन्नत लोकतन्त्र निर्माणका लागि आजको दिनले हामी सबैलाई थप प्रतिबद्ध र प्रेरिरत बनाओस ।’

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार २२:२०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।