Logo

खेलकुद

जय नेपाल कप क्रिकेट रौतहटमा सुरु



राैतहट । नेपाली कांग्रेस विद्यार्थी विभाग रौतहटको आयोजनामा मंगलबारदेखि राैतहटकाे चन्द्रनिगाहपुरमा जय नेपाल कप क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ । चन्द्रनिगाहपुरमा ‘जय नेपाल कप’ अन्तर कलेज क्रिकेट प्रतियोगिता बैशाख २३ देखि २९ गतेसम्म सञ्चालन हुने श्याम हरि चौलागाईले जानकारी दिए ।

साे प्रतियोगिता चन्द्रपुर–८ को कोटिहोम खेल मैदानमा हुने उनले बताए ।

प्रतियोगितामा रौतहट जिल्लाका आठ वटा क्याम्पस सहभागी हुने जनाइएकाे छ ।

सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । खेल समूह ‘ए’ मा: गौरीशंकर यादव रौतहट क्याम्पस (गौर), मध्या रौतहट मल्टिपल क्याम्पस (गरुडा), सुरत रामकेवल मल्टिपल क्याम्पस (गुजरा), कटहरिया मल्टिपल क्याम्पस (कटहरिया) रहेका छ्न । त्यस्तैगरी समूह ‘बी’ मा: सिन्धुरेघारी मल्टिपल क्याम्पस (चन्द्रपुर), श्रीदेवी सीटीइभीटी कलेज (मधवनारायण), लक्ष्मी श्री मल्टिपल क्याम्पस (समनपुर) र अभियान एजुकेशनल कन्सल्टेन्सी (गौर) रहेका छन ।

बैशाख ३० गते सेमि फाइनल र ३१ गते बिहान २:५५ बाट बजे फाइनल खेल हुने बताइएकाे छ । विजेता टिमलाई रु. १ लाख र उपविजेता टिमलाई रु. ५० हजार पुरस्कार प्रदान गरिने छ ।

मौसमका कारण खेल प्रभावित भएमा समूह चरणमा अंक बराबरी बाँडिने र नकआउट चरणका लागि रिजर्भ डेको व्यवस्था गरिएको आयोजकले जनाएको छ । फाइल खेल ३१ सम्म हुने कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले जानकारी  दिए ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलवार १६:०८   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।