Logo

समाचार

भारत र पाकिस्तानमा रहेका नेपालीको आवश्यक सुरक्षाको व्यवस्था गर्न सभामुखको रुलिङ



काठमाडौं । प्रतिनिधिसभाले भारत र पाकिस्तानमा रहेका नेपालीकाे आवश्यक सुरक्षा लगायतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

शुक्रबार बसेको सभाको बैठकमा सांसदहरूले समेत आकस्मिक समयमा यो विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले पनि सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षा लगायत पर्न सक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न/गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ सभामुख घिमिरेले भनेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार १३:५०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।