Logo

अर्थ

सिप मेलामा निःशुल्क सिप सिकाउँदै इग्नाइट लर्निङ ल्याब



काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा टुँडिखेलमा जारी ‘सीप मेला, २०८२’ मा अग्नि टेक्निकल इन्स्टिच्युटअन्तर्गत इग्नाइट लर्निङ ल्याबले सक्रिय सहभागिता जनाइरहेको छ । सीपयुक्त र रोजगारयोग्य युवा जनशक्ति तयार गर्ने लक्ष्यसहित आयोजित मेलामा इग्नाइट लर्निङ ल्याबले हस्पिटालिटीअन्तर्गत विभिन्न विधामा तालिम उपलब्ध गराइरहेको छ ।

‘स्किल–अप विथ इग्नाइट, स्केल–अप योर फ्युचर’ भन्ने मुख्य सन्देशका साथ इग्नाइटले लक्जरी हस्पिटालिटी कोर्स, फुड एन्ड बेभरेज ट्रेनिङ र बार ट्रेनिङ उपलब्ध गराइरहेको छ । इग्नाइट लर्निङ ल्याबले यी कोर्समार्फत विभिन्न क्षेत्रमा उत्सुक हुने, सीप सिकी काम गर्न चाहनेको ‘प्यासन’लाई ‘प्रोफेसन’मा बदल्न सहयोग गर्ने उद्देश्य लिएको छ ।

हस्पिटालिटी क्षेत्रमा इच्छुकले फुड एन्ड बेभेरेज, बार एन्ड बेभेरेज सर्भिस, सर्भिस एटिक्वेट एन्ड डाइनिङ एक्पेरियन्सेज, मेनु एन्ड टेबल म्यानेजमेन्ट, रेस्टुरन्ट अपरेसन, मिक्सोलोजी एन्ड ड्रिंक क्राफ्टिङ, बार सेट–अप एन्ड इन्भेन्टरी कन्ट्रोल, रियल टाइम गेस्ट सर्भिस ड्रिल आदि विधामा तालिम लिन सक्नेछन् ।

इग्नाइट लर्निङ ल्याबले कोर्समा भएका पाठहरूको प्रत्यक्ष डेमोका साथमा, हस्पिटालिटी उद्योगमा दक्ष र अनुभवी प्रशिक्षकबाट करियरका लागि निःशुल्क मार्गदर्शन वा मेन्टरिङ प्रदान गर्दै प्रशिक्षार्थीहरूको लक्ष्य हासिल गर्न सहयोग पनि गरिरहेको जनाएको छ ।

तालिम पूरा गर्ने प्रशिक्षार्थीलाई व्यावसायिक क्षेत्रमा परिचित गराउन इन्टर्नसिप प्लेसमेन्टको ग्यारेन्टी पनि गरिएको छ । हालसम्म १६ सयभन्दा बढी सक्रिय प्रशिक्षार्थी भएको सीप मेला आउँदो असार ७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार १४:५३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।