Logo

अर्थ

ताेलामै २९ सय बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । आज सुनको मूल्यले पुनः १ लाख ९० हजार पार गरेको छ । आज सुनकाे मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ७ सयमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन सुन प्रतितोला १ लाख ८९ हजार ८ सयमा कारोबार भएको थियो ।

आज चाँदीको पनि मूल्य बढेको छ । चाँदी आज ५५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार ११:२४   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।