काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ३ अर्ब १४ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी राष्ट्र बैंकको विभिन्न कोषमा रहेको कुल ३ अर्ब १४ करोड २ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जानकारी गराएको हो ।
यसका लागि जेठ २२ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ ।
कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब ५१ करोड २२ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४७ करोड १० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १५ करोड ७० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ ।




















प्रतिक्रिया