काठमाडाैं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत ज्ञवालीलाई नियुक्त गरेको हो ।
तत्कालीन सीईओ ज्ञानेन्द्र ढुंगानाले नेपाल राष्ट्रबैंकको गभर्नरको दौडमा सामेल हुने निर्णयसहित २०८१, चैत १० गतेदेखि लागू हुने गरी पदबाट राजीनामा गरेपछि ज्ञवालीलाई कामू सीईओको जिम्मा दिइएको थियो ।
उनी आगामी ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त भएका हुन् । ज्ञवाली चार्टर्ड एकाउन्टेन्ट हुन् ।




















प्रतिक्रिया