हेटौँडा । हेटौँडा ललितपुर जोड्ने कान्ति लोकपथ सञ्चालनमा ल्याइएको छ । बागमती नदीको बगुवा खोलामा बेलिब्रिज निर्माणपछि कान्ति लोकपथ सडक खण्ड आइतबार बिहानबाट सञ्चालनमा ल्याइएको हो ।
मकवानपुर र ललितपुरलाई जोड्ने स्थानमा गएराति बेलिब्रिज जडान कार्य सम्पन्न गरिएको थियो । बेलिब्रिज निर्माणसँगै पुलबाट सवारी साधन चल्न थालेका छन् ।
गत वर्ष असोजमा आएको बाढीले बगुवास्थित बागमती पुलको मकवानपुर तर्फको पहुँच मार्ग बगाएको थियो । पुलको पहुँच मार्ग बगाएसँगै खोलाको बगरबाट डाइभर्सन निर्माण गरी सवारी साधन आवतजावत हुँदै आएको थियो
गत जेठ १९ गतेबाट सो सडक बन्द गरेर बेलिब्रिज राख्ने कार्य थालिएको थियो । ४ दिन सडक बन्द गरेर बेलिब्रिज हालिएको कान्ति लोकपथ सडक आयोजना कार्यालयले जनाएको छ ।




















प्रतिक्रिया