काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीबाट २५ अर्ब रूपैयाँ तान्ने भएकाे छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले २१ दिनका लागि उक्त रकम उठाउने भएकाे हाे ।
बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।
सावाँ तथा ब्याज भुक्तानी आगामी साउन ४ गते तोकिएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ ।




















प्रतिक्रिया